असोज ९, रामेछाप । रामेछापमा नेकपा (एकीकृत समाजवादी) पार्टीको कार्यालय स्थापना भएको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष मुकुन्द न्यौपानेद्धारा आज पार्टी कार्यालयको उद्घाटन भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले नेकपा एमालेले वैचारिक बाटो त्यागेकोले कम्युनिस्ट आदर्श र मूल्य मान्यतालाई बचाइराख्न एकीकृत समाजवादी अग्रसर भएको बताए ।
न्यौपानेले ओली नेतृत्वको एमालेले कम्युनिस्टको निष्ठा, आदर्श र सिद्धान्तमा प्रहार गरेको आरोप लगाउनुभएको छ । पार्टी विभाजन अघि नेपाल समुहमा रहेका अधिकांश नेताहरु एमालेमै रहने निर्णयमा पुग्दा नेकपा (एस)तर्फ ठूलो आकर्षण आउन सकेको छैन् ।
रामेछापमा एमाले परित्याग गरेर नेकपा (एस) रोज्ने जनप्रतिनिधिहरुको संख्या पनि निकै कम छ । एमालेबाट निर्वाचित मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेत, गोकुलगंगा गाउँपालिका–५ का वडाअध्यक्ष बलराम खड्का र तीन जना कार्यपालिकाका सदस्य बाहेक अन्य नेताहरुले एमाले छोडेका छैनन् ।
शनिबार ९ आश्विन, २०७८