माघ १९, रामेछाप । नेकपा (एमाले) अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनले रामेछाप मन्थलीमा आज साझ सिठ्ठी जुलुस प्रदर्शन गरेको छ ।
मन्थलीमा आज मुख्य ४ कारणले सिठ्ठी जुलुस प्रदर्शन गरिएको हो । पेट्रोलियम पदार्थको मूल्य बढे सँगै मूल्य फिर्ता गर्नु पर्ने, स्थानीय तह र स्वबियूको निर्बाचनको मिति अबिलम्ब घोषणा गरिनु पर्ने, संबिधान र लोकतन्त्रको रक्षा गरिनुपर्ने र लिपुलेक लिम्पियाधुरा कालापानी तथा नेपालको भुमिमा भारतिय हस्तक्षेप बन्द हुनुपर्ने माग राख्दै उक्त जुलुस प्रदर्शन गरिएको हो ।
बुधबार १९ माघ, २०७८