असाेज ११, रामेछाप । गाेठगाउँ जनमुखी बचत तथा ऋण सहकारी संस्थाकाे १२औं वार्षिक साधारणसभा सहकारीको आफ्नै सभाहलमा सम्पन्न भयकाे छ।

सहकारीको अध्यक्ष नानिबाबु कार्कीको अध्यक्षता तथा वडा अध्यक्ष नर बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन भएकाे कार्यक्रममा वडा सदस्य सिर कुमारी श्रेष्ठ ,सूर्य बहादुर नेपाली ,समाजसेवी बाबुराम कार्की ,श्री चन्डश्वरी मा.वि.का व्यवस्थापन समितिका अध्यक्ष दुर्गा बहादुर थापा, श्री सिद्धेश्वर आ.वि. का प्र. अ.खड्ग बहादुर कार्की ,जनमुखी सहकारीको पूर्व अध्यक्ष ताेप बहादुर थापा ,गाेठगाउँ स्वास्थ्य चाैकीका इन्चार्ज दामु शेर्पा,साविककाे वडा नं ५ का टाेलसुधार समिति संयाेजक खड्गबहादुर खड्का अतिथिमा उपस्थित रहनु भयकाे थियाे।
कार्यक्रममा सहकारीको काेषाध्यक्ष संजय कुमार थापाले आर्थिक प्रतिवेदन ,सचिव विनाेद कुमार कार्कीले वार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयाेजक दुर्गा बहादुर कठायतले लेखा प्रतिवेदन प्रस्तुत गर्नुका साथै सहकारीले उत्कृष्ट बचत कर्ता दुईजना र उत्कृष्ट ऋणी दुईजना लाई दाेसल्ला ओडाएर सम्मान गरेका थिय र सहकारीको सम्पूर्ण बाल सदस्य हरूलाई स्टेसनरी सामान समेत वितरण गरेकाे थियाे।

तस्बिर :- संजय कुमार थापा
सोमबार ११ आश्विन, २०७८