असोज १४, रामेछाप । नेकपा (एमाले)को विधान महाधिवेशनमा रामेछापबाट २५ जना भन्दा बढीको सहभागीता हुने भएको छ ।
शुक्रबारबाट ललितपुरको गोदावरी स्थित सनराईज सम्मेलन हलमा सुरु हुने विधान महाधिवेशनमा रामेछापबाट प्रतिनिधित्व हुने व्यक्तिहरुको टुंगो लागेको हो । पार्टीको तोकको मापदण्ड अनुसार जिल्लाबाट १५ जना भन्दा बढीको सहभागी हुने नेकपा (एमाले) रामेछापका अध्यक्ष एवं बागमती प्रदेशका पर्यटन मन्त्री शान्ति पौडेलले जानकारी दिएका हुन् ।
रामेछापबाट तीन जना केन्द्रीय सदस्य, चार जना पदाधिकारी, प्रदेश कमिटीका सदस्यहरु, स्थानीय तहका प्रमुख÷उप्रमुख लगायतको सहभागीता हुनेछ ।
विधान सम्मेलनमा रामेछापका जिल्ला इन्चार्ज कैलाश ढुंगेल, केन्द्रीय सदस्यद्धय कमल चौलागाई र माधव ढुंगेल, एमाले रामेछापका अध्यक्ष शान्ति पौडेल, उपाध्यक्ष प्रेम बहादुर तामाङ, सचिव आनन्द श्रेष्ठ र सहसचिव झम्क कडेल, जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, उपप्रमुख दिपा पाख्रिन, खाँडादेवी गाउँपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठ, लिखु तामाकोसी गाउँपालिकाका उपाध्यक्ष दीपशिखा दाहाल, गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवार र उपाध्यक्ष राधिका श्रेष्ठ एवं उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार, प्रदेश कमिटीका सदस्यहरु रत्न गौतम, तुला प्रसाद कडेल, माया कार्की, भोजराज कडरिया, भुवन घिमिरे लगायतको सहभागीता रहनेछ ।
बिहीबार १४ आश्विन, २०७८