बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

कांग्रेसको सभापतिमा कान्छाराम निर्वाचित


कांग्रेसको सभापतिमा कान्छाराम  निर्वाचित

सुनौलो रामेछाप


असोज १८, रामेछाप । नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापतिमा पूर्ण बहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् ।

जिल्ला सभापतिका लागि तीन जना उम्मेदवार रहेकोमा पहिलो चरणमा कसैले पनि बहुमत नल्याएपछि आज दोस्रो चरणको चुनावको तयारी थियो ।

तर पहिलो चरणमा सबैभन्दा बढि मत ल्याएका कान्छाराम तामाङलाई दोस्रो बढि मत पाएका लबश्री न्यौपानेले समर्थन गरेका हुन् ।

दोस्रो चरणमा पहिलो र दोस्रो हुनेबीच निर्वाचन हुने पार्टी विधानको व्यवस्था रहेको छ । दोस्रो मत पाएका न्यौपानेले समर्थन गरेपछि तामाङ सर्वसम्मत सभापति निर्वाचित भएका हुन् ।

तामाङ पार्टी संस्थापन समूह निकट हुन् । तामाङ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार थिए।
 

सोमबार १८ आश्विन, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट