असोज २२, रामेछाप । रामेछाप नगरपालिका–८ डकुरसिंडाडाँमा २१ फिट अग्लो गणेशको मूर्ति स्थापना गरिएको छ ।
इन्जिनियर हिरण्यप्रसाद पौडेलले २१ फिट अग्लो उक्त मूर्ति नेपालकै अहिले सम्मको अग्लो गणेश मूर्ति भएको बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रामेछाप नगरपालिका मार्फत मूर्ति स्थापना गरिएको हो । यसका लागि करिब ३० लाख रुपैयाँ खर्च भएको योजनामा संलग्न इन्जिनियर कुशुम भट्टराईले जानकारी दिनुभएको छ । मूर्ति भारतीय कालिगढले बनाएका हुन् ।
शुक्रबार २२ आश्विन, २०७८