शनिबार ३ आश्विन, २०८३ (Saturday September 19, 2026)

आजबाट खुले रामेछापका सरकारी कार्यालय र बैंकहरु


आजबाट खुले रामेछापका सरकारी कार्यालय र बैंकहरु

सुनौलो रामेछाप


असोज ३१, रामेछाप । नेपालीहरुको महान चाड दशैं आएसँगै बन्द भएका सरकारी कार्यालय र बैंकहरु आजबाट खुलेका छन् । दशैं मनाउन गाउँघर गएका कर्मचारीहरु आफनो काममा फर्कन थालेका छन् ।

यस्तै दशैं बिदा सकिएसँगै वित्तीय संस्थाहरु पनि खुला भएका छन् । आजदेखि सबै बैंक तथा वित्तीय संस्थाहरु खुल्ला भएको छ । सायद यसै कारणले होला रामेछापको सदरमुकाम मन्थलीमा निक्कै चहलपहल बढेको छ । सडकहरुमा गाडीको संख्या पनि बाक्लिंदै गएको छ ।

आजदेखि सबै बैंकहरुमा नियमित कारोबार भएको छ । रामेछापमा फुलपातिदेखि सबै बैंकहरु बन्द भएका थिए । आज टीकाको तेस्रो दिन पनि मान्यजन तथा आफन्तबाट टीका थाप्ने र आशिर्वाद लिने क्रम चलिरहेको छ । टीकाको दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन छ ।
 

आईतवार ३१ आश्विन, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट