बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

खुल्ला सदस्य पदमा उम्मेदवारी दिने गौतमको घोषणा


खुल्ला सदस्य पदमा उम्मेदवारी दिने गौतमको घोषणा

सुनौलो रामेछाप


मंसिर ७ रामेछाप । नेकपा (एमाले)का बागमती प्रदेश कमिटी सदस्य रामेछापका समाजसेवी नेता रत्न प्रसाद गौतमले नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा बागमती प्रदेश भूगोलबाट खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने दोरम्बाका कार्यकर्ता माज घोषणा गर्नु भएको छ ।

 नेता गौतमले कोरोनाको बेला रामेछापको प्रत्येक पालीकामा स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै पार्टीलाई संकट पर्दा हरेक हिसाबले अग्रपंतीमा रहेर सहयोग गर्दै आएको समाजसेवी नेतालाई केन्द्रीय सदस्यमा अत्याधिक बहुमतका साथ विजयी गराउन दोरम्बा लगायत रामेछापका कार्यकर्ता लागि पर्ने अनेरास्ववियुका केन्द्रीय सदस्य रामेछापका विद्यार्थी नेता तिलक घतानीले सुनौलो रामेछापलाई जानकारी गराउनु भयो।

 गौतम सँगै रामेछाप बाट कैलाश प्रसाद ढुङ्गेल ,कमल प्रसाद चौलागाई ,माधब ढुङ्गेल ,प्रेम बहादुर तामाङ ,माया कार्की लगायतले नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने खबर आहिरहेको छ।

 रत्न प्रसाद गौतम रामेछाप बाट नेकपा एमालेको लगातार आठौं महाधिवेशन देखि दशौं महाधिवेशन सम्म महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदै आउनुका साथै हाल पार्टीको बागमती प्रदेश कमिटी सदस्य समेत भैसक्नु भएको छ।


 

मंगलवार ७ मंसिर, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट