आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

सबै पक्ष मिले मात्र महिला हिंसा अन्त्य गर्न सकिन्छ ः उपप्रमुख खड्का


सबै पक्ष मिले मात्र महिला हिंसा अन्त्य गर्न सकिन्छ ः उपप्रमुख खड्का

सुनौलो रामेछाप


मंसिर १६, रामेछाप । महिला हिंसा अन्त्य गर्नको लागि सबै पक्ष मिलेर लाग्नु पर्छ । 
महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तगर्त आज साँघुटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप नरपालिकाका उप्रमुख सृजना खड्काले समाजमा रहेका विभेदको विरुद्ध महिला पुरुष दुबै मिलेरै अन्त्य गनुपर्नेमा जोड दिईन ।
‘महिला हिंसा विरुद्ध हुने कानुनी उपचारलाई प्रभावकारी बनाउनु पर्छ, महिला हिंसाको घटना न्युनिकरण गर्न पुरुषको सोचमा पनि परिवर्तन जरुरी रहेको खड्काले बताइन् ।

समाजमा केही खराब पात्रको कारण विकृति फैलिरहेको कारणले समाजमा हुने महिला हिंसा विरुद्धमा महिलाहरु पनि एक जुट भएर उठनु पर्ने समेत बताइन ।
नगरपालिकाले यस अभियान अन्तर्गत ९ वटै वडामा महिला हिंसा विरुद्धको अभियान सञ्चालन गरिरहेको छ । नगरपालिकाले गोठगाउँ र साँघुटारमा कार्यक्रम सम्पन्न गरिसकेको छ भने बाँकी वडामा पनि अभियान सञ्चालन गर्ने कार्यक्रम बनाइरहेको छ ।
रामेछाप नगरपालिकाले ‘घरैबाट शुरू गरौ, महिला हिंसा अन्य गरौ’ भन्ने मूल नाराका साथ वडा वडामा पुगेर लैगिंक हिंसा विरुद्धको जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।


 

बिहीबार १६ मंसिर, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट