माघ २, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाको सबै विद्यालयहरुमा नि:शुल्क फाइबर इन्टरनेट सेवा पुगेको छ ।
गाउँपालिकाको पहलमा गाउँपालिकाभित्रका विद्यालय, स्वास्थ्य संस्था, बाल अध्ययन केन्द्र र खाँडादेवी मन्दिरमा इन्टरनेटको सेवा पुगेको हो । सो गाउँपालिकाभित्र १२ वटा माध्यमिक र ३९ वटा आधारभूत गरी ५१ वटा विद्यालय रहेको छ । सबै विद्यालयमा इन्टरनेटको पहुँच पुगेसँगै विज्ञान र प्रविधिको बारेमा विद्यार्थीहरुलाई जानकारी लिन सहज भएको बताए ।
गाउँपालिकाले अब सबैको घरघरमा इन्टरनेट सेवा पुर्याउने नीति अनुरुप काम अगाडि बढाईरहेको छ । खाँडदेवी गाउँपालिका र नेपाल दुरसञ्चार प्राधिकरणबीच भएको सहमति अनुसार आगामी दुई बर्षसम्म गाउँपालिकाभित्र नि:शुल्क रुपमा इन्टरनेट सेवा प्रवाह हुनेछ । गाउँपालिकाले बिपी राजमार्गको सित्खाबाट गाउँपालिकाको केन्द्र माकादुमसम्म फाइबर इन्टरनेट जडान गरेको थियो । अहिले सम्झौता अनुसार पालिकाको नौ वटै वडा कार्यालयमा फाइबर इन्टरनेट पुगेको छ ।
आईतवार २ माघ, २०७८