शनिबार ३ आश्विन, २०८३ (Saturday September 19, 2026)

पूर्व प्रदेश मन्त्रीकाे उपस्थितिमा रामेछाप नगर-काठमाडौं सम्पर्क मञ्चको तीन वटा वडा सम्पर्क मञ्च एकसाथ गठन


पूर्व प्रदेश मन्त्रीकाे उपस्थितिमा रामेछाप नगर-काठमाडौं सम्पर्क मञ्चको तीन वटा वडा सम्पर्क मञ्च एकसाथ गठन

सुनौलो रामेछाप


मंसिर २५, रामेछाप । आज भएको नेकपा (एमाले) रामेछाप नगर –काठमाडौं सम्पर्क मञ्च अन्तरगत साँघुटार –काठमाडौं सम्पर्क मञ्च ,सुकाजोर –काठमाडौं सम्पर्क मञ्च ,ल्याङ्ग–ल्याङ्ग –काठमाडौं सम्पर्क मञ्च गठन तथा वृहत् कार्यकर्ता भेला सम्पन्न भएको छ ।

नगर सम्पर्क मञ्चका अध्यक्ष दिलिप श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य तथा रामेछाप जिल्ला कमिटी अध्यक्ष शान्ति प्रसाद पौडेल प्रमुख अतिथि रहनु भएको थियो भने अतिथिहरूमा सम्पर्क मञ्चका अभिभावक रामेछापका नेता राजकुमार श्रेष्ठ ,काठमाडौं जिल्ला कमिटी सदस्य उज्जन श्रेष्ठ ,रामेछाप जिल्ला कमिटी सचिवालय सदस्य पुरूषोतम कडिरिया,सचिवालय सदस्य होतराज ढकाल,रामेछाप नगर कमिटीका अध्यक्ष रोशन पाख्रीन,उपाध्यक्ष हरि बहादुर प्रधान,उपसचिव माधब ढकाल,अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य सीता खत्री ,रामेछाप –काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज तथा वागमती प्रदेश सम्पर्क कमिटीको सदस्य टेक बहादुर श्रेष्ठ ,रामेछाप नगर सम्पर्क मञ्चका प्रमुख सल्लाहकार तथा वागमती प्रदेश सम्पर्क कमिटीको सदस्य कुमार घिमिरे ,रामेछाप –काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष बद्री भण्डारी ,सचिव राकेश श्रेष्ठ ,वडा नं ३ साँघुटारका वडा अध्यक्ष भुपालराज श्रेष्ठ ,अनेरास्ववियुका केन्द्रीय सदस्य तिलक घतानी,रामपुरका पूर्व गा.वि.स.अध्यक्ष भोजराज श्रेष्ठ ,रामेछाप नगर कमिटीको सदस्यहरू नगरका  विभिन्न वडा  कमिटीको अध्यक्षहरू लगायतका नेताहरू अतिथिमा उपस्थित हुनु भएको थियो।

कार्यक्रममा रविन महतको अध्यक्षतामा साँघुटार –काठमाडौं सम्पर्क मञ्च ,सन्जिव आले मगरको अध्यक्षतामा सुकाजोर–काठमाडौं सम्पर्क मञ्च र कुमार श्रेष्ठको अध्यक्षतामा ल्याङ्ग–ल्याङ्ग –काठमाडौं सम्पर्क मञ्च गठन भएको थियो भने नव निर्वाचित वडा सम्पर्क मञ्चका पदाधिकारी तथा सदस्यहरूलाई कार्यक्रमका प्रमुख अतिथि पौडेलले पद तथा गोपनियताको सफत खुवाउनु भएको थियो ।

रामेछाप नगर कमिटीको सदस्य गोठगाउँका युवा नेता भुवन बोहोराको  पहलमा गोठगाउँ बाट विभिन्न पार्टी परित्याग गरि सन्तोष खत्री,सरोज खत्री ,अर्जुन खत्री ,विष्णु थापा,सूर्य बहादुर बुढाथोकी ,गोविन्द बोहोरा,पवित्रा कठायत ,सिताराम खत्रीले नेकपा एमालेमा प्रवेश गरेका थिय।

 नगर सम्पर्कको कार्यक्रम सञ्चालन हुनुभन्दा पहिले सोहि हलमा रामपुर–काठमाडौं सम्पर्क मञ्चले शान्ति प्रसाद पौडेल,होतराज ढकाल,रोशन पाख्रीन,सीता खत्री,टेक बहादुर श्रेष्ठ ,दिलिप श्रेष्ठ ,देव बहादुर श्रेष्ठ ,दिल कुमार खड्का ,संजय कुमार थापाको उपस्थितिमा रामपुरका ३५–४० जना नेता कार्यकर्ताहरूलाई उपस्थिति गराई अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो ,कार्यक्रमा रामेछाप नगरका विद्यार्थी नेता रविकिरण खड्काले स्वागत मन्तव्य राखेका थिय भने  रामेछाप नगर–काठमाडौं सम्पर्क मञ्चका सचिव तुलसी श्रेष्ठले सञ्चालन गरेका थिय ।
तस्वीर:खिल बहादुर श्रेष्ठ

शनिबार २५ मंसिर, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट