शुक्रबार २ आश्विन, २०८३ (Friday September 18, 2026)

अध्यक्ष आले मगरको पहलमा मिर्गौला पीडितलाई आर्थिक सहयोग


अध्यक्ष आले मगरको पहलमा मिर्गौला पीडितलाई आर्थिक सहयोग

सुनौलो रामेछाप


मंसिर २८, रामेछाप । नेकपा एमाले सुकाजाेर-काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष सन्जिव आलेर मगरकाे पहलमा सुकाजोरका मिर्गौला पीडित ढाल ब. मगरलाई आर्थिक सहयोग प्रदान गरिएको छ । 
कतारमा रहेका सुकाजोरकै उद्धव मगर र निर ब सिन्जाली मगरको सक्रियतामा त्यहाँ कार्यरत नेपाली कामदारहरुबाट उठाइएको सहयोग रकम पीडित मगरको परिवारलाई हस्तान्तरण गरिएको हो ।

नगद १ लाख १३ हजार रुपैयाँ मिर्गौला पीडित मगरकी आमा मनमायाँ मगरलाई उहाँको घरमै पुगेर हस्तान्तरण गरिएको हो । वडा नं ७ का वडाअध्यक्ष समिर कार्की र सन्जिव आले मगरले उक्त रकम संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।

विगत १० महिनादेखि दुबै मिर्गौला फेल भएका मगरलाई उपचारमा सहयोग पुगोस् भनेर सहयोगका लागि पहल गर्ने र थप रकम संकलन गर्ने क्रम जारी रहेको सन्जिव आले मगरले बताउनुभयो ।


 

मंगलवार २८ मंसिर, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट