पुस ४, रामेछाप । नेकपा (एमाले)को दशौं महाधिवेशनबाट निर्वाचित र मनोनित चार जना केन्द्रीय सदस्यलाई सम्मान गरिएको छ ।
नेकपा एमाले खाँडादेवी गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमकोबीच आज चार जना केन्द्रीय सदस्यहरुलाई सम्मान गरेको हो ।
एमालेका पोलिटब्यूरा सदस्य कमल चौलागाई, एमाले रामेछापका इन्चार्ज कैलाश ढुंगेल, विद्यार्थी फाँट इन्चार्ज माधव ढुंगेल र केन्द्रीय सदस्य गीता कार्कीलाई एमाले रामेछापका उपाध्यक्ष समेत रहेका खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ र एमाले खाँडादेवी गाउँ कमिटीका अध्यक्ष पुष्पकर कुमार कार्कीले संयुक्त रुपमा सम्मान गरेका हुन् । कमल चौलगाई, कैलाश ढुंगेल, माधव ढुंगेल दशौं महाधिवेशनबाट निर्वाचित भएका हुन भने गीता कार्की मनोनितबाट केन्दीय सदस्य भएकी हुन् ।
आईतवार ४ पुष, २०७८