बुधबार ३ असार, २०८३ (Wednesday June 17, 2026)

सरोकार समाजद्वारा  नव निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान 


सरोकार समाजद्वारा  नव निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान 

सुनौलो रामेछाप


 जेठ २२ रामेछाप ,गोठगाउँ सरोकार समाजले रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ बाट निर्वाचित जनप्रतिनिधिहरू लाई एक कार्यक्रमको आयोजना गरि  सफल कार्यकालको शुभकामना सहित  सम्मान गरेको  छ ।

 कार्यक्रममा रामेछाप नगरपालिकाको उप–प्रमुख  बाला कुमारी कार्की ,गोठगाउँका वडा अध्यक्ष रेख बहादुर खत्री ,महिला वडा सदस्य शिर कुमारी श्रेष्ठ ,दलित महिला सदस्य निमर्ला सार्की ,खुल्ला सदस्यहरू दिपक नेपाली ,सन्जित कार्कीलाई सम्मान –पत्रको साथै खादा ,माला र दोसल्ला ओढाएर सरोकार समाजको अध्यक्ष संजय कुमार थापा र कोषाध्यक्ष शारदा कार्कीले सम्मान गर्नु भएको थियो ।

  गोठगाउँ सरोकार समाजको अध्यक्ष संजय कुमार थापाको अध्यक्षतामा आयोजना गरियको बधाई तथा सम्मान कार्यक्रममा रामेछाप नगरपालिकाको उप–प्रमुख बाला कुमारी कार्की प्रमुख अतिथि रहनु भएको थियो भने गोठगाउँका वडा अध्यक्ष रेख बहादुर खत्री ,वडा सदस्यहरू शिर कुमारी श्रेष्ठ ,निर्मला सार्की ,दिपक नेपाली ,सन्जित कार्की ,निवर्तमान वडा अध्यक्ष नर बहादुर थापा,रामेछाप नगरपालिकाको कानुनी सल्लाहकार लोकहरि दाहाल,विचार वाटिका मिडिया प्रा.लि.का अध्यक्ष दिल बहादुर श्रेष्ठ ,शिक्षक ÷शिक्षिका सत्यनारायण श्रेष्ठ ,रूद्र बहादुर खत्री ,लालकाजी श्रेष्ठ ,बद्री प्रसाद सापकोटा ,राधा दाहाल,वडा कार्यालय गोठगाउँका प्रविधिक तथा वडा सचिव केशव प्रसाद दाहाल,सहायक कम्युटर अपरेटर दुर्गा बहादुर कठायत गोठगाउँ स्वास्थ्य चौकीका इन्चार्ज दामु शेर्पा,श्री चण्डेश्वरी मा.वि.को पूर्व प्र.अ.ज्ञानप्रसाद श्रेष्ठ  कार्यक्रममा अतिथि रहनु भएको थियो ।

 मन्तव्यको क्रममा  उप –प्रमुख बाला कुमारी कार्की ,वडा अध्यक्ष रेख बहादुर खत्री ,वडा सदस्य शिरकुमारी श्रेष्ठ ,सन्जित कार्की ,निवर्तमान वडा अध्यक्ष नर बहादुर थापा रामेछाप नगरपालिकाको कानुनी सल्लाहकार लोकहरि दाहाल ,शिक्षकहरू सत्यनारायण श्रेष्ठ ,रूद्र बहादुर खत्री ,लालकाजि श्रेष्ठ ,वडा सचिव केशव प्रसाद दाहाल ,स्वस्थ्य चौकि प्रमुख दामु शेर्पाले मन्तव्य राख्ने क्रममा जनप्रतिनिधिहरू लाई बधाई तथा शुभकामना दिनुको साथै सरोकार समाजको उत्तरोत्तर प्रगतिको कामना गर्दै सम्मान कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।

 बधाई तथा सम्मान कार्यक्रम  सरोकार समाजको सचिव मीन बहादुर श्रेष्ठले सञ्चालन गर्नुको साथै सरोकारको कोषाध्यक्ष शारदा कार्कीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

 

आईतवार २२ जेष्ठ, २०७९



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट