शनिबार ३ आश्विन, २०८३ (Saturday September 19, 2026)

अस्पताल विकास समितिको अध्यक्षबाट पाख्रिनले दिए राजिनामा


अस्पताल विकास समितिको अध्यक्षबाट पाख्रिनले दिए राजिनामा

सुनौलो रामेछाप


पुष २०, रामेछाप । जिल्ला अस्पताल विकास समितिको अध्यक्ष पदबाट रोशन पाख्रिनले राजिनामा दिएका छन् । 
आज जिल्ला अस्पताल रामेछापमा पत्रकार सम्मेलनको आयोजना गरी पाख्रिनले राजिनामाको घोषणा गर्नुभएको हो ।

उहाँले स्वास्थ्य मन्त्रालय बाग्मति प्रदेश हेटौँडालाई राजिनामा स्वीकृत गर्न राजिनामा पत्र पठाउनुभएको छ । पाख्रिनले राजिनामा पत्रमा “३ वर्षको अवद्यिमा अस्पतालको विकास, विस्तार र नागरीकहरुमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा काम गर्ने अवसर प्रति खुशी प्रकट गर्दै आगामी दिनमा आफनो व्यवहारिक कारण अस्पतालमा प्रत्यक्ष समलग्न रही कार्य गर्न नसक्ने व्यहोरा जानकारी दिँदै राजिनामा स्वीकृतको लागी माननीय मन्त्री ज्यु समक्ष यो निवेदन पेश गरेको छु” लेख्नुभएको छ ।

उहाँले राजिनामा पत्रमा जिल्ला अस्पताल रामेछापका प्रमुख डा. पवन शाक्यलाई हस्तान्तरण गर्नुभएको हो । राजिनामा पत्र जिल्ला अस्पतालको ईमेल मार्फत स्वास्थ्य मन्त्रालय बाग्मति प्रदेश हेटौँडालाइ पठाईने डा शाक्यले बताउनुभयो । २०७५ कातिक २८ गते अस्पताल विकास समितीको अध्यक्ष बन्नुभएको पाख्रिनले अस्पतालको विकासमा सकृयताका साथ काम गर्नुभएको थियो ।
 

मंगलवार २० पुष, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट