फागुन ३ रामेछाप , नेकपा (एमाले) रामेछापले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै प्रशिक्षण कार्यक्रम सुरु गरिसकेको छ ।
आइतबार र सोमबार बसेको बैठकले आउने वैशाख ३० गते हुन लागिएको स्थानीय तह निर्वाचनको लागि रणनीति तयार गर्नेछ ।
प्रशिक्षण कार्यक्रमको पहिलो दिनमा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको कम्युनिष्ट आन्दोलन र नेकपा एमालेको कार्यभारको विषयमा प्रशिक्षण दिएका हुन् । भने पार्टी पोलिटब्युरो सदस्य आनन्द पोखरेलले स्थानीय तह निर्वाचन र कार्यकर्ता परिचालनको विषयमा प्रशिक्षण दिएका छन् ।
बैठक तथा प्रशिक्षण कार्यक्रममा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा रामेछापका सबै पालिका र वडामा एमालेले जित्नैपर्ने भएकाले अब पार्टीका कुनै पनि नेता, कार्यकर्तालाई आराम लिने छुट नभएको बताए ।
मंगलवार ३ फाल्गुन, २०७८