माघ ३, रामेछाप । राष्ट्रीय युवा संघ नेपालको दोस्रो पुर्ण सचिवालय बैठकबाट संघठन को ९ आंै महाधिवेशन आयोजक कमिटी गठन गण्डकी प्रदेशको पोखराबाट घोषणा भएको छ ।

संगठनलाई वैचारिक संगठनिक रुप ले मजबुत एंवम् एकताबद्ध बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएकोमा पार्टी पोलिटब्यूरो सदस्य संगठनका ईन्चार्ज महेश बस्नेत,सह ईन्चार्ज तथा संगठनका अध्यक्ष किरण पौडेल, संगठनका बरिष्ठ उपाध्यक्ष क्रान्ति बुर्लाकोटी, उपाध्यक्ष कृष्णहरी केसीलाई सम्मान ब्यत्त गर्दै ९औं महाधिवेशन आयोजक कमिटी संयोजकमा किरण पौडेल, सह–संयोजक सन्जिब झा, क्रान्ति बुर्लाकोटी कार्यालय सदस्य कृष्णहरि केसी हुनु भएको छ भने रामेछापबाट रामेछाप जिल्लाको जिल्ला इनचार्ज अमित कार्कि, साथै जय गुरुङ , दिनेशराज कार्कि, राजकुमार खड्का ,ओमराज श्रेष्ठ, बाबुराम ग्यापक, छोटि शेर्पा लगायत आयोजक कमिटिमा समेटिनु भएको छ ।
सोमबार ३ माघ, २०७८