माेतिलाल तामाङ
हालसालै देखिएका एउटा कथित नयाँ राजनीतिक दल छ । ति दलको नेतृत्वहरुमा कुनै योजना, भिजन, दृष्टिकोण, स्पष्ट राजनीतिक बिचार, कार्यदिशा केही छैन, पार्टी कतिबेला विघटन हुन्छ त्यो पनि थाहा छैन । तर पनि तिनिहरु गाउँ–गाउँमा पसेर खसी काट्दै संस्कृतिक कार्यक्रममा उपस्थित हुनुहोला भनेर प्रचार प्रसार गर्दै मान्छेलाई बेबकुफ बनाउँदै पार्टीको भेला गर्दै जनता भड्काउन तल्लीन छन् । तामाङ बस्तिमा पुग्यो भने त्यो बाहुन को पछि किन लाग्नु पर्यो ? भन्छन् । मगर समुदायको बस्तिमा पुग्यो भने त्यो तामाङकै पछि किन लाग्नु पर्यो ? भन्छन् त्यहि समुहले ब्राम्हण– क्षेत्री समुदायको बस्तिमा पुग्यो भने त्यो ‘तामाङ वा नेवारको पछि किन लाग्नु पर्यो ? भन्छन । अनि नेवारी समुदायको बस्तिमा पुग्यो भने त्यो तामाङ वा बाहुन क्षेत्रीको पछि–किन लाग्ने ? बरु हामी सँग लाग्नु पर्छ वडा अध्यक्ष बनाई दिन्छौ, पालिका अध्यक्ष बनाईदिन्छौ,सांसद बनाईदिन्छौ भन्छन्, जो आफै अहिलेसम्म बनेका छन्ैन् ।
हामी बिकास दिन्छौ, राजनीतिक पद पैसा दिन्छौ भन्छन् । जो कति दिन सरकारमा रहन्छ थाह छैन, बिकास कसरी माग्नु पर्छ त्यो पनि थाह छैन, तिनको कुरा कसरी पत्याउने ? तिनिहरुको बकम्फुर्से कुरा पत्याएर केही दिनको लागी बाटो बिराएका साथीहरु पनि हामीसँगै फर्किनु हुनेछ र सँगै हुनेछु भन्ने आशा वा अपेक्षा पनि हामिले गरेका छौ र ति साथीहरुलाई धेरै–धेरै सम्झिरहेको छु । तिनले दिन्छु भनेको राजनीतिक पदमा त बस्ने मान्छे नै पुग्या छैन त्यस्तो झुण्ड पार्टीमा रोजी–रोजी पाईन्छ नी किन नपाउनु ? अथवा ठुला पर्टिको संगठित सदस्य मात्र हुनु,उसलाई राम्रो मान्छ तर सानो पार्टीको केन्द्रीय सदस्य नै हुनु तिनलाई कसैले पनि गन्दैन । केही दिन अघि हाम्रो सहयात्री साथिहरुलाई बाटोमा भेटेकै भरमा नेताको घरमा लगेर जबरजस्ति पार्टी प्रवेश गराएकोनी पाईयो । पछि तपाँईको यस्तो सिद्धान्त मलाई चित्त बुझेन म मेरै पार्टी (एमाले) मा फर्किन्छु भन्दा ज्यानै लिने सम्मको धम्कि दिएको पनि भेटियो । अब यसरी नै धम्किको भरमा तिम्रो राजनितीलाई अगाडी बढाउन खोज्छौ भने हामिले प्रतिबाद गर्दा तिमी काँहा पुग्छौ त्यो ठाँउ पनि खोजेर राख अन्यथा सबै परिस्थितिको भागेदार तिमिहरु नै हुनेछौ ।
लेखक:माेतिलाल तामाङ नेकपा एमाले खाँडादेवि गाउँपालिका कमिटी सचिव
शनिबार ८ माघ, २०७८