माघ ९, रामेछाप । रामेछापको लिखुतामाकोसी गाउँपालिकाभित्र सञ्चालित भएको दुई वटै एम्बुलेन्स एकसाथ बिग्रिएको छ ।
दुई वटै एम्बुलेन्स एकसाथ बिग्रिदा बिरामीहरुलाई अस्पताल लैजान निकै ग्राहे भएको छ ।
गाउँपालिकाभित्र मानिस बिरामी हुँदा अहिले ट्याक्टर र ट्रक खोजेर अस्पताल लैजानु पर्ने बाँध्यता रहेको छ । गाउँपालिकाले बिग्रिएका एम्बुलेन्स समयमा नै मर्मत नगर्दा बिरामीका आफन्तहरुले मंहगो भाडा तिरेर बिरामीलाई अस्पताल लैजाने गरेका छन् ।
लिखुतामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्काका अनुसार गाउँमा एम्बुलेन्स नपाएको विषयमा आफूलाई कसैले पनि खबर नगरेको बताएका छन् । उनले भने,‘म जनताको सेवा गर्ने मान्छे हुँ, दुई वटै एम्बुलेन्स अहिले विग्रिएर बनाउने काम भइरहेको छ, बिरामीका आफन्तले मलाई भन्नु पर्यो, आवश्यक परे म हेलिकोप्टरबाट पनि बिरामीलाई अस्पताल लैजाने व्यवस्था गर्न सक्छु ।’ उनले एम्बुलेन्स नपाउदा बिरामीलाई अस्पतालसम्म लैजाने खर्च व्यक्तिगत रुपमा आफूले बेर्होने बताउदै बिरामी भएको खबर भने दिन आग्रह गरे ।
आईतवार ९ माघ, २०७८