आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

सर्व सहमत राष्ट्रिय युवा संघ नेपाल सुनापति गाउँपालिका कमिटीको अध्यक्षमा खड्का निर्वाचित ।


सर्व सहमत राष्ट्रिय युवा संघ नेपाल सुनापति गाउँपालिका कमिटीको अध्यक्षमा खड्का निर्वाचित ।

डि बि श्रेष्ठ


बैशाख २१ रामेछाप , राष्ट्रिय युवा संघ नेपाल सुनापति गाउँपालिका कमिटीको आज सम्पन्न भएकाे तेस्राे अधिवेशन बाट सर्व सहमत सुमन खड्का अध्यक्ष पदमा निर्वाचित भएकाे छ ।

खड्का सगै उपाध्यक्षमा रविन लामिछाने मगर, सचिवमा रिजन रायमाझी ,उपसचिवमा रसु गाैतम र काेषाध्यक्षमा कविन  राय सहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू सर्व सहमत निर्वाचित भएकाे थियाे ।
राष्ट्रिय युवा संघ नेपाल सुनापति गाउँपालिका कमिटी अध्यक्ष मिलन केसीको अध्यक्षता तथा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् रामेछाप जिल्ला इन्चार्ज कमलप्रसाद चौलागाईंको प्रमुख आतिथ्यमा आयाेजना भएकाे कार्यक्रममा युवा संघका  स्थायी कमिटी सदस्य एवम् रामेछाप  जिल्ला इन्चार्ज राजकुमार खडका, केन्द्रीय सदस्य एवम् नेकपा एमाले रामेछाप जिल्ला कमिटी सदस्य गणेश बज्र लामा, नेकपा एमाले रामेछाप जिल्ला कमिटी सदस्यहरू मीनप्रसाद गौतम, शिव गौतम, मिरा रायमाझी, मुकेश योञ्जन, युवा संघ बागमती  प्रदेश कमिटी सदस्य सचिन गौतम, जिल्ला कमिटी उपाध्यक्ष शिवसागर मगर, सचिव रामहरि कार्की, नेकपा एमाले सुनापती पालिका कमिटी अध्यक्ष रोज ग्यापक, सचिव केशरमान लामा, युवा संघको जिल्ला कमिटी सदस्य सुदर्शन तिमल्सिना लगायतका नेताहरूको कार्यक्रममा सहभागी रहेकाे थियाे थियो ।  

 

शनिबार २० बैशाख, २०८२



मतहरू

WdTippyxCWUhIImhqAIbLSwc

chIMRndmHkaaKmElogx


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट