मंसिर १८, रामेछाप । मंसिर ३ गते रामेछापको गोकुलगंगा गाउँपालिका–५ नामाडीमा भएको कुटपिटको घटनामा संलग्न भएको किटानी जाहेरीको आधारमा सुमन खडकालाई रामेछापको खिम्तीबाट प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापमा गत मंसिर ३ गते कुटपिटबाट घाइते भएका वेदराज खडकाले रामेछाप तरुण दलका अध्यक्ष काजीबहादुर खड्का, सुमन खडका, दीपक खडकाको विरुद्ध किटानी जाहेरी दिएका थिए । पक्राउ परेका खड्का अध्यक्ष काजीबहादुर खडकाका भतिजा रहेको बताइएको छ ।
पक्राउ परेका खडकालाई थप सात दिनको लागि अदालतबाट म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले बताए । तीन जनाको विरुद्ध ज्यान मार्ने अभियान अन्तर्गत पीडित खडकाले जाहेरी दर्ता गराएका छन् ।
बिहीबार १८ मंसिर, २०७७