माघ १६ रामेछाप ,व्यवसायीक तरकारी खेती ,उद्यमशीलता तथा वातावरण संरक्षण सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम गोठगाउँ सरोकार समाज र आधुनिक कृषि सहकारी संस्थाले गोठगाउँ र गोठपानीमा सम्पन्न गरेको छ।

सि.टि.ई.भि.टि.मन्थलीका कृषि बिभाग प्रमुख पवन दाहाल, उद्यमी तथा आधुनिक कृषि सहकारी संस्थाका अध्यक्ष भानुभक्त श्रेष्ठ ,वातावरण संरक्षण कर्मी माधब ढकाल,श्री चण्डेश्वरी मा.वि.गोठपानीका प्र.अ.केशवराज सापकोटा,शिक्षक तथा गोठपानी बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष सत्यनारायण श्रेष्ठ प्रशिक्षक रहेको अभिमुखीकरण कार्यक्रम कोरोना प्रकोप प्रति सावधानी अपनाउदै गोठगाउँ– गोठपानी दुवै तिर भब्य र सब्य रूपमा सम्पन्न भएको थियो ।

रामेछाप न.पा.१ गोठगाउँका वडा अध्यक्ष नर बहादुर थापाको प्रमुख आतिथ्यमा आयोजना गरियको कार्यक्रममा थापाले गोठगाउँ सरोकार समाज ,आधुनिक कृषि सहकारी संस्था ,प्रशिक्षण दिन आउनु भएका प्रशिक्षकहरू र प्रशिक्षण लिन उपस्थित सम्पूर्णलाई शुभकामना दिदै माघ १४ गते शुक्रबार श्री चण्डेश्वरी मा.वि.गोठपानीमा सुरूवात भएको अभिमुखीकरण कार्यक्रम थापालेनै माघ १५ गते शनिबार गोठगाउँ जनमुखी सहकारी हल गोठगाउँमा सम्पूर्ण जनालाई धन्यवाद दिदै समापन भएको थियो।

आईतवार १६ माघ, २०७८