चैत ५ रामेछाप, नेकपा एमाले रामेछाप नगर कमिटीले सम्पूर्ण नगरपालिका भित्रका सबै वडाका नेतृत्वलाई स्थानीय तहको निर्वाचनमा केन्द्रित प्रशिक्षण सुरु गरेको छ ।
वडा नेतृत्वलाई २ दिने आवासीय चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम सुरु गरिने रामेछाप नगर कमिटीको पार्टी प्रवतmा तथा चुनाव प्रचारप्रसार समिति संयोजक माधब ढकालले जनाएका छन् ।

रामेछाप नगरपालिकाका सबै वडा (९)का अध्यक्षसहित पदाधिकारीहरु प्रशिक्षणमा सहभागी भएका छन् । आज एमाले रामेछापका निवर्तमान अध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य शान्तिप्रसाद पौडेलले प्रशिक्षण दिएका छन् भने भोलि एमाले केन्द्रीय सदस्य एवम् रामेछाप इन्चार्ज कैलाश प्रसाद ढुङ्गेलले प्रशिक्षण दिने संयोजक ढकालले बताए ।

नेकपा एमाले रामेछाप जिल्ला कमिटीले ‘म जिताउँछु मेरो वडा, हामी जिताउँछौँ हाम्रो पालिका’ अभियान अन्तर्गत जिल्ला भरी नै अभिमुखीकरण, प्रशिक्षण तथा भेला गरिरहेको छ ।
तस्विर: माधब ढकाल
शनिबार ५ चैत्र, २०७८