माघ १७, रामेछाप । २८५८ औं सोनाम ल्होछारको अवसरमा सुनापती गाउँपालिकामा तीनदिन सार्बजनिक बिदा दिइएको छ ।
रामेछापको सुनापती गाउँपालिकामा तामाङ जातिहरुको बाहुल्यता रहेको कारणले सोनाम ल्होसारको अवसरमा तीनदिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाभरि तीनदिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिनुभएको छ ।
आगामी १८,१९ र २० गते तीन दिनका लागि गाउँपालिका र अन्र्तगतका सबै सरकारी कार्यालय, संघसंस्था, बित्तिय संस्थाहरुमा सार्बजनिक रुपमा बिदा दिईएको अध्यक्ष लामाले बताउनुभयो । गाउँ कार्यपालिकाको बैठकको अनुसार तीन दिन बिदा दिइएको अध्यक्ष धावा लामाले बताउनुभएको छ ।
सोमबार १७ माघ, २०७८