माघ २१, रामेछाप । आज बिहान एकैछिन घाम झुल्किए पनि अविरल बर्षासँगै रामेछापको उच्च भू-भागमा भारी हिमपात भएको छ ।
रामेछापको जिल्लाको उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका शैलुङ दोरम्बा गाउँपालिका लगायतको उच्च भू-भागमा भारी हिमपात भएको हो । गोकुलगंगा गाउँपालिकामा रातिदेखि भारी हिमपात भएसँगै जनजीवन प्रभावित बन्न पुगेको छ । गोकुलगंगाको चुचुरे, ठोसे, रस्नालुका साथै नामाडी र बेतालीको माथिल्लो भागमा समेत भारी हिमपात भएको हो ।

हिमालसँग जोडिएको कारणले गर्दा उमाकुण्ड गाउँपालिकामा पनि हिमपात भएको छ । गाउँपालिकाको गुम्देल, बाम्ती, कुभुकास्थली, गुप्तेश्व, प्रीति तथा भूजीमा समेत बाक्लो हिउँ परेको हो । त्यसैगरी जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको दोरम्बा, डडुवा, गौश्वारा लगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ ।

शुक्रबार २१ माघ, २०७८