फागुन १ काठमाडौं , नेकपा एमाले रामेछाप नगर –काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा चालीस जना दाताहरूले रक्तदान गरेको छ ।

नगर सम्पर्क मञ्चको अध्यक्ष दिलिप श्रेष्ठको अध्यक्षतामा माघ २९ गते अनामनगरमा आयोजना गरियको कार्यक्रम लाई ब्लड डोनर्स एसोसिएशन नेपाल ( ब्लोदान) काठमाडौं जिल्ला शाखाले समन्वय गरेको थियो।

नेकपा एमालेका विभिन्न तहका नेताहरू ,ब्लोदानका केन्द्रीय तहका पदाधिकारी तथा सदस्यहरू,ब्लोदान काठमाडौं जिल्ला शाखाका अध्यक्ष लगायत सदस्य हरू,रामेछाप नगर तथा वडा तहका नेता तथा कार्यकर्ता हरूको कार्यक्रममा बाक्लै उपस्थिति रहेको थियो।

कार्यक्रम लाई सफल पार्न नगर सम्पर्क मञ्चको सचिवालय बैढकले दिएको जिम्मेवारी अनुसार नगरको सल्लाहकार सदस्य रक्ष रैका मगरले कार्यक्रम स्थलको व्यवस्थापन ,गोठगाउँ,रामपुर,ओख्रेनी र रामेछाप –८ले फलफूल तथा जुसको व्यवस्थापन ,देउराली ,हिमगंगा र साँघुटारले खाजाको व्यवस्थापन ,सुकाजोरले अन्य वडा बराबरको नगद सहयोग,ल्यङ्ग–ल्यङ्गले खादाको व्यवस्थापन सफलता पुर्वक गरेकोले कार्यक्रम सफल गराउन थप सहयोग पुगेको नगर सम्पर्क मञ्चमा सचिव तथा कार्यक्रम सञ्चालक तुलसी श्रेष्ठले सुनौलो रामेछापलाई जानकारी गराउनु भयो।

नगर सम्पर्क मञ्चका अध्यक्ष श्रेष्ठले कार्यक्रम गर्न समन्वय गर्नु हुने ब्लोदान काठमाडौ जिल्ला शाखा,रगत संकलन गर्न उपस्थित हुनुहुने कान्तिपुर ब्लड बैक, कार्यक्रममा अतिथिको निमन्त्रणा लाई आत्मसात गर्दै उपस्थिति हुनुहुने राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य ,बागमती प्रदेश सम्पर्क कमिटीको पदाधिकारी तथा सदस्य हरू,राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य ,रामेछाप जिल्ला कमिटी सदस्य हरू,रामेछाप –काठमाडौ सम्पर्क मञ्चका पदाधिकारी तथा सदस्यहरू,विभिन्न पालीकाको पदाधिकारी तथा सदस्यहरू,रामेछाप नगरका सल्लाहका सदस्यहरू ,पदाधिकारी तथा सदस्यहरू रामेछाप नगर अन्तरगत विभिन्न वडा सम्पर्क मञ्चका पदाधिकारी तथा सदस्यहरू,विभिन्न माध्यम बाट सामाजिक संजालमा प्रचार–प्रसार गर्न सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तिहरू लगाय कार्यक्रममा उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयको जानकारी सचिव श्रेष्ठले गराउनु भएको छ।




आईतवार १ फाल्गुन, २०७८