फागुन २८ रामेछाप, रामेछाप नगरपालिका वडा नं १ गोठगाउँले आयोजना गरेको वडा अध्यक्ष भलिबल खेलमा गोठगाउँ सरोकार समाज विजयी भएको छ ।

साबिको वडा नं. ७ लाई हराउँदै गोठगाउँ सरोकार समाज विजयी भएको हो । दुई दिन चलेको यस भलिबल प्रतियोगितामा गोठगाउँ सरोकार समाज प्रथम, साबिको वडा नं. ७ द्वितीय , साबिको वडा नं. ८ तृतीय भएका छन् भने नमुना बाख्रा फर्मा चौथो भएको हो ।

गोठगाउँ सरोकार समाजले: नगद रू.३००००(तीस हजार) सिल, मेडल,प्रमाणपत्र
साबिको वडा नं. ७ ले: नगद रू. २००००!–(बीस हजार ) सिल , मेडल,प्रमाणपत्र
साबिको वडा नं. ८ ले: नगद रू १५००००!– (पन्ध्र हजार) सिल मेडल प्रमाणपत्र
नमुना बाख्रा फर्माले: नगद रू १००००!–( दस हजार) मेडल र प्रमाणपत्र हात पारेका छन् ।

शनिबार २८ फाल्गुन, २०७८