चैत १३ रामेछाप, रामेछाप नगरपालिकाको वडा नं ७ रजयछापमा आगलागी हुँदा ११ घर परिवारको घर गोठ जलेर नष्ट भएका छन् ।
शनिबार दिउँसो स्थानीय विनोद श्रेष्ठको घरमा विद्युत् सर्ट भई निस्किएको आगो नियन्त्रण गर्न नसक्दा आगलागी भएको नेकपा एमाले रामेछाप नगर अध्यक्ष रोशन पाख्रिनले बताएका छन् । सेना, प्रहरी तथा स्थानीयको सहयोगले राति अबेर नियन्त्रणमा लिइएको छ ।
आगलागी हुँदा पीडितको घरमा भएको अन्नपात, लुगाफाटो, गरगहना तथा नगद समेत जलेर नष्ट भएको छ ।
आगलागीको खबर थाहा पाएपछि घटनास्थलमा पुग्नुभएका रामेछाप प्रदेश १ बाट निर्वाचित बागमती प्रदेशका सांसद एवं नेकपा एमाले वाग्मती प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेलले पार्टीको तर्फबाट पीडितलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले एमाले पार्टीको तर्फबाट पीडितलाई खाद्यान्न तथा जस्तापाता सहयोग गर्ने बचन दिनुभयो ।
आईतवार १३ चैत्र, २०७८