चैत १३ रामेछाप , नेकपा एमाले रामेछाप न.पा .१ गोठगाउँ वडा कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ ।

वडा कमिटीको अध्यक्ष बाबुराम कार्कीको अध्यक्षतामा तथा रामेछाप जिल्ला कमिटीको अध्यक्ष आन्नद कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य दिपशिषा दाहाल,रामेछाप जिल्ला कमिटी उपसचिव होतराज ढकाल विशेष अतिथि रहनु भएको थियो भने जिल्ला कमिटी सदस्य विन्दा बराल घिमिरे ,बिमल कुमार कठायत, राम बहादुर बुढाथोकी ,सीता कुमारी खत्री ,रामेछाप नगर कमिटी अध्यक्ष रोशन पाख्रीन,उपाध्यक्ष हरि प्रधान,सचिव सुन्दर घिमिरे ,उपसचिव तथा नगर पार्टी प्रवक्ता माधब ढकाल,गोठगाउँका निर्वाचित वडा अध्यक्ष नर बहादुर थापा ,रामेछाप नगर कमिटी सदस्य भुवन बोहोरा ,देबचन्द्र कठायत ,शिव कार्की लगायतका नेताहरू अतिथि रहनु भएको थियो ।

प्रशिक्षण कार्यक्रम लाई वडा कमिटी उपाध्यक्ष संजय कुमार थापाले सञ्चालन गर्नुका साथै वडा कमिटी उपसचिव शिर कुमारी श्रेष्ठ (सिर्जना )ले स्वागत मन्तव्य राख्नु भएको थियो भने भुबन बोहोरा, विनोद बुढाथोकी ,दिपक नेपाली र कृष्णबहादुर कार्कीको संक्रियतामा गोठगाउँ बाट विभिन्न पार्टी परित्याग गरि ३०–३५ जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको वडा कमिटी गोठगाउँका उपाध्यक्ष संजय कुमार थापाले सुनौलो रामेछापलाई जानकारी गराउनु भयो ।





तस्विर:देव चन्द्र कठायत
आईतवार १३ चैत्र, २०७८