चैत १९ रामेछाप ,नेकपा एमालेका केन्द्रीय सदस्य गिता कार्कीको सहजीकरणमा युवा व्यवसायी रामकाजी कार्कीले ,रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर रजयछापका आगलागी पीडित परिवारलाई दुई लाख बराबरको भान्छा कोठामा चाहिने सामाग्री सहयोग गर्नु भएको छ।

केन्द्रीय सदस्य कार्कीको नेतृत्वमा काठमाडौंबाट घटना स्थल पुगि भान्छा कोठामा चाहिने सामाग्री सँगै कार्कीले रू१००००/-(दस हजार) बराबरको तयारी कुर्था सुरूवाल समेत सहयोग गर्नु भएको थियो ।

हस्तान्तरण कार्यक्रममा केन्द्रीय सदस्य गिता कार्की सँगै युवा व्यवसायी रामकाजी कार्की ,युवा संघका केन्द्रीय सदस्य तथा रामेछापका इन्चार्ज बाबुलाल ज्ञापक, रामेछाप –काठमाडौं सम्पर्क मञ्चको कोषाध्यक्ष तथा रामेछाप नगर–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष दिलिप श्रेष्ठ ,युवा नेता टाईम बस्नेत ,सम्पर्क मञ्चको सदस्य रामेश्वर बस्नेत,नेकपा एमाले रामेछाप नगर कमिटीको अध्यक्ष रोशन पाख्रीन,सचिव सुन्दर घिमिरे ,उपसचिव माधब ढकाल,जिल्ला कमिटी सदस्य तारा रैका मगर,उमेश विक्रम थापा ,राम बुढाथोकी ,स्थानीय नेता धुर्व बस्नेत,विद्यार्थी नेता राजकुसमार भण्डारीको उपस्थिति रहेको थियो ।

समाजसेवी रामकाजी कार्की त्रिपुरेश्वर रियल स्टेट र त्रिपुरेश्वर एग्रीकल्चरका सञ्चालकका साँथै रामेछापका स्थानीय समेत हुनुहुन्छ ।

शनिबार १९ चैत्र, २०७८