चैत २५, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सदस्य ईकल तामाङ नेकपा एमालेमा प्रवेश गरेका छन् ।
सुनापति गाउँपालिको अध्यक्षको दावेदार रहेका तामाङ पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै माओवादीबाट एमाले प्रवेश गरेका हुन् । उनले लामो समय पार्टीको लागि व्यतित गरेको बताउदै पार्टी परित्याग गर्नु पर्दा साह्रै पीडामा रहेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमकोबीच पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले तामाङलाई पार्टी प्रवेश गराएकी हुन् ।
शुक्रबार २५ चैत्र, २०७८