वैशाख ४ रामेछाप, नेपाली कांग्रेस रामेछाप जिल्लाको कार्य समितिको बैठकले दुई दिनभित्र आठ वटै स्थानीय तह र ६४ वटै वडाको उम्मेदवार टुंगो लगाउन निर्देशन दिएको छ । जिल्लाको कार्य समितिको बैठकले उम्मेदवारको बारेमा दुई दिनभित्र सिफारिस गर्न स्थानीय तह र वडा इकाई सभापतिहरुलाई निर्देशन दिएको हो ।
सचिव दिपक खडकाको अनुसार वडा र स्थानीय तहबाट सिफारिस भएर आएका नामको आधारमा पार्टीले उम्मेदवार छनोट गर्नेछ ।
आईतवार ४ बैशाख, २०७९