शुक्रबार २ आश्विन, २०८३ (Friday September 18, 2026)

एमाले रामेछापको स्थनीय तहका उम्मेदवारहरुको टुंगो लगायो 


एमाले रामेछापको स्थनीय तहका उम्मेदवारहरुको टुंगो लगायो 

सुनौलो रामेछाप


बैशाख ११ रामेछाप, नेकपा (एमाले) रामेछापले बैशाख ३० गते हुन लागिएको स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट स्थानीय तहको प्रमुख÷उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ ।

एमालेले सर्वसम्मत रुपमा उम्मेदवारीहरुको टुंगो लगाएको हो । 
मन्थली नगरपालिकाको नगर प्रमुखमा लव श्रेष्ठ र ईश्वरी बस्नेत, रामेछाप नगरपालिकाको नगर प्रमुखमा रोशन पाख्रिन र सीता खत्री, सुनापति गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार योञ्जन र उपाध्यक्षमा रिता गौतम, दोरम्बा गाउँपालिकाको अध्यक्षमा टंक चौलागाई, खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार श्रेष्ठ र उपाध्यक्षमा रमा घिसिङलाई सम्मेदवार बनाएको छ । भने दोरम्बा गाउँपालिकाको उपाध्यक्षको अझै टुंगा नलागेको जनाएको छ ।

 लिखु तामाकोसी गाउँपालिकाको अध्यक्षमा कमल कडरिया र उपाध्यक्षमा दीपा पाख्रिन ।
गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा खड्ग बहादुर सुनुवार र उपाध्यक्ष राधिका श्रेष्ठ, उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा शेरबहादुर सुनुवार र उपाध्यक्षमा गंगा कार्कीलाई उम्मेदवार बनाइएको छ ।
 

आईतवार ११ बैशाख, २०७९



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट