बिहीबार १ आश्विन, २०८३ (Thursday September 17, 2026)

एकीकृत समाजवादीले दाबी गरेका अध्यक्षहरु एमालेको बैठकमा


एकीकृत समाजवादीले दाबी गरेका अध्यक्षहरु एमालेको बैठकमा

सुनौलो रामेछाप


बैशाख १२ रामेछाप, नेकपा एकीकृत समाजवादी (एस)पार्टीले आफ्नो पार्टीमा आएको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ आज नेकपा एमालेको बैठकमा सहभागी हुनुभएको छ ।

एकीकृत समाजवादीले शनिबार अध्यक्ष तामाङ आफ्नो पार्टीमा प्रवेश गरेको दाबी गरेपनि उँहा आज एमालेको बैठकमा सहभागी हुनुभएको हो । समाजवादीले आफ्नो पार्टीको तर्फबाट खाँडादेवी गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेपनि तामाङले त्यसलाई बहिष्कार गर्दै आज एमालेको बैठकमा सहभागी हुनुभएको हो ।

त्यसैगरी समाजवादीले आफ्नो पार्टीमा प्रवेश गरेको भनिएका नेकपा एमाले खाँडादेवी गाउँपालिका सचिव मोतीलाल तामाङ, वडा नं ७ का वडाध्यक्ष असलसिं तामाङ, युवा नेता शेरबहादुर तामाङ लगायतका सबै सबै नेता एमाले बैठकमा सहभागी भएको छन् ।

नेकपा एमाले केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य माधव ढुङ्गेल,  जिल्ला समन्वय समिति रामेछापका प्रमुख एवं एमाले वाग्मती प्रदेश सदस्य प्रेमबहादुर खड्का, वाग्मती प्रदेश सदस्य एवं खाँडादेवी गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार ज्ञानकुमार श्रेष्ठ, जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ, मन्थली नगर पार्टी अध्यक्ष रामबाबु घिमिरे, जिल्ला कमिटी सदस्य उज्ज्वल सुवेदी, खाँडादेवी गाउँपालिका पार्टी अध्यक्ष पुष्करकुमार कार्की, खाँडादेवी गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठ, उपाध्यक्षकी उम्मेदवार रमा घिसिङ तथा खाँडादेवीका एमालेका नेता कार्यकर्ताहरुको बैठकमा सहभागिता रहेको छ ।
 

सोमबार १२ बैशाख, २०७९



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट