आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

एमालेको प्रतिवद्धतापत्रः बिजुलीको तार ‘अण्डरग्राउण्ड’, मातलपोत लगायत सबै काम स्थानीय तहबाट गरिने


एमालेको प्रतिवद्धतापत्रः बिजुलीको तार ‘अण्डरग्राउण्ड’, मातलपोत लगायत सबै काम स्थानीय तहबाट गरिने

सुनौलो रामेछाप


बैशाख २१ रामेछाप, नेकपा (एमाले) रामेछापले स्थानीय तह निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई के कामका लागि जिताउने भन्ने आधार र योजना सहितको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
एमालेले आज रामेछापको सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी १९ वटा विषयमा स्थानीय तहका तात्कालिक र दीर्घकालीन कार्यक्रम समेटिएको प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।
स्थानीय तहमा सहज सेवा प्रवाह गर्न प्रविधियुक्त पूर्वाधार निर्माण गर्ने, नागरिकलाई एकीकृत र गुणस्तरीय सेवा प्रवाह गर्ने एमालेले जनाएको छ ।
यसै गरी शिक्षा क्षेत्रको लागि गुणस्तरीय भवन, छात्र, छात्रको लागि अलग अलग शौचालय, खानेपानी, कम्प्युटर ल्याब, पुस्तकालयको व्यवस्था गर्ने विषयलाई एमालेले रामेछापले प्राथमिकताका साथ अघि सारेको छ ।

एक गाउँपालिका एक क्याम्पस, प्रत्येक वडामा स्थानीय विशेषतामा आधारित व्यावसायिक शिक्षा, विद्यालय उमेर सम७त्रगयतसहका सबै विद्यार्थीलाई विद्यालय ल्याउने र विद्यालय छाडेकाहरुका लागि वैकल्पिक कक्षा सञ्चालन गर्ने प्रतिवद्धता पनि एमालेले जनाएको छ ।
स्थानीय तहमा विशेषज्ञ सेवा सहितको अस्पताल, लक्षित समुदायलाई अनुदान सहित स्वास्थ्य बिमा, सुत्केरी हुन अस्पताल जाने महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवा सहित मातृ तथा शिशु र जेष्ठ नागरिकका लागि स्वास्थ्य र पोषणका विषयलाई पनि एमालेले महत्व दिएको छ ।
विद्युत सेवा पुग्न बाँकी जिल्लाका बस्तीमा विद्युतीकरण गर्ने, बजार क्षेत्रमा बिजुलीका तारहरुलाई अण्डरग्राउण्ड (भूमीगत) गर्ने, जिल्लामा जलविद्युत उत्पादनको सम्भावना रहेका क्षेत्रमा विद्युत् आयोजना निर्माणको पहल गर्ने, महत्पूर्ण सडक र सार्वजनिक स्थलमा सौर्य ऊर्जाको प्रयोग मार्फत स्मार्ट विद्युतीकरण कार्यक्रम लागू गर्ने एमालेले जनाएको छ ।

सिँचाई सुविधा नपुगेको क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गरी सिँचाई सुविधा पु¥याउने, पानीका स्रोत र जलाधार संरक्षणको लागि आवश्यक नीति बनाई कार्यान्वयन गराउने, नदीका तटीय क्षेत्रमा तटबन्धको व्यवस्था मिलाउने पनि प्रतिवद्धतापत्रमा उल्लेख छ ।कृषि र पशुपन्छीको लागि उत्पादन पकेट क्षेत्र घोषणा गरी विशेष कार्यक्रम सञ्चालन गर्ने, कृषक परिचयपत्र जारी गरी सहयोग गर्ने, बाली र पशु बीमा कार्यक्रमलाई प्राथमिकताका साथ प्रभावकारी रूपमा काम गर्ने एमालेले जनाएको छ ।

‘पालिका केन्द्रमा व्यवस्थित सहर वडा केन्द्रमा व्यवस्थित बजार’को अवधारणा पनि एमालेले ल्याएको छ । राजमार्ग आसपासमा नयाँ सहरी बस्ती विकासको योजना पनि समेटिएको छ ।भूमि व्यवस्थापन, सहरी तथा बस्ती विकास कार्यक्रम अन्तर्गत भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने (भूमी हिनलाई जग्गा उपलब्ध गराएर उनीहरुलाई व्यवस्थित बसोबासको प्रवन्ध मिलाउने) जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गर्ने, नापी र मालपोतको काम स्थानीय तहबाट नै गर्ने, सार्वजनिक सम्पत्तिको रक्षा गर्ने प्रतिवद्धता एमालेले जनाएको छ ।

एक स्थानीय तह एक पर्यटन गन्तव्यको नीति अवलम्बन गरी पर्यटन क्षेत्रको विकास गर्ने प्रतिवद्धता पनि एमालेले गरेको छ । पर्यटन क्षेत्रको विकासमा सार्वजनिक–निजी साझेदारीको नीति अवलम्बन गरिने उल्लेख छ ।
 

बुधबार २१ बैशाख, २०७९



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट