बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

स्थानीय सरकारको सक्रियतामा घरघरमा पुग्न थाल्यो बिजुली 


स्थानीय सरकारको सक्रियतामा घरघरमा पुग्न थाल्यो बिजुली 

सुनौलो रामेछाप


पुष १४, रामेछाप । निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार जनप्रतिनिधिहरुको सक्रियतामा उमाकुण्ड गाउँपालिकामा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । 

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले भने, ‘निर्वाचनमा गाउँपालिकाभित्र सबै बस्तीमा विद्युतीकरण गर्छौँ भनेर बाचा गरेको थियौँ, अहिले धमाधम काम भइरहेको छ, यस बर्ष सबै वस्तीमा बिजुली बल्छ ।’

स्थानीय सरकार गठन हुँदा करिब बीस प्रतिशत क्षेत्रमा मात्र उमाकुण्ड गाउँपालिकामा विद्युतीकरण भएको थियो । अब भने झण्डै पाँच हजार घरधुरीमा विद्युतीकरण हुनेछ । नेपाल विद्युत प्राधिकरणले स्थानीय सरकारको सक्रियतामा तीब्र गतिमा काम गरेकै कारण उमाकुण्ड गाउँपालिभित्र छिट्टै सबैको घरघरमा बिजुली बल्न लागेको हो ।

पोल गाडने काम अन्तिम चरणमा पुगेको छ, हाउस वायरिङ गर्ने मिटर जडानको काम धमाधम भइरहेको अध्यक्ष सुनुवारले बताएका छन् । उमाकुण्ड गाउँपालिकामा विद्युतीकरणको काम सम्पन्न भएपछि रामेछाप जिल्ला पूर्ण रुपमा विद्युतीकरण हुनेछ ।
 

मंगलवार १४ पुष, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट