जेष्ठ ६ रामेछाप, रामेछापको खाँडादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा (एमाले) विजयी भएको छ । गठबन्धलाई पछि पार्दै खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार श्रेष्ठ र उपाध्यक्षमा रमा घिसिङ विजयी भएकी हुन् ।
अध्यक्षमा निर्वाचित ज्ञान कुमार श्रेष्ठले ७३६९ मत प्राप्त गरे भने नेपाली कांग्रेसका उम्मेदवार नवराज थोकरले ४९०९ मत प्राप्त गरे ।
त्यसैगरी पालिकाको उपाध्यक्षमा रमा घिसिङ ७४५८ मत प्राप्त गरेर विजयी भइन भने माओवादीबाट उपाध्यक्षका उम्मेदवार बनेका मान लामाले ४१११ मत प्राप्त गरेका छन् ।
शुक्रबार ६ जेष्ठ, २०७९