जेष्ठ १५ रामेछाप, नेकपा (एमाले) मन्थली नगर कमिटीले राजु कार्कीलाई नगर कमिटीको सचिव पदबाट बर्खास्त गरेको छ ।
पार्टी हित विपरितको आचरण देखाएको, स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमीका खेलेको भन्दै नगर कमिटीको सचिवबाट कार्कीलाई कारबाही गर्दै सो पदबाट हटाएको हो ।
आफूले मन्थली नगरपालिकाको वडा नम्बर ५ को वडाध्यक्षको टिकट नपाएपछि नेकपा एकिकृत समाजवादी(ए.स.)का उम्मेदवार नबिन कार्कीलाई जिताउन लागेको र पार्टीले उम्मेदवार बनाएका गणेश कार्कीलाई चुनावमा हराउन खुलेआम लागेर कम्युनिष्ट अनुशासन बाहिरको आचरण प्रदर्शन गरेपछि कारबाही गरिएको एमाले मन्थली नगर कमिटीले जनाएको छ ।
साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न एमाले मन्थली नगर कमिटीले जिल्ला कमिटीलाई विधान अनुसार सिफारिस गरेको छ ।
आईतवार १५ जेष्ठ, २०७९
Manish Bk
Good