आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

एमाले रामेछापद्वारा विरुद्दमा उभिएका नेता कार्यकर्ताहरुलाई कारबाही


एमाले रामेछापद्वारा विरुद्दमा उभिएका नेता कार्यकर्ताहरुलाई कारबाही

सुनौलो रामेछाप


साउन ९ रामेछाप, नेकपा (एमाले) रामेछापको चौथो पूर्ण बैठक सपन्न भएको छ । यस बैठकले स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई हराउन लागेकाहरुलाई कारबाहीसहित विभिन्न निर्णय गरेको हो ।

एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठको अध्यक्षतामा र पार्टीका उप–महासचिव पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा साउन ७ र ८ गते मन्थलीमा बसेको बैठकले स्थानीय निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको विरुद्दमा उभिएका नेता कार्यकर्ताहरुलाई कारबाही गरेको छ ।

गएको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध प्रस्तुत भएर साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका नेताहरुमा मन्थली नगर कमिटीको सिफारिसमा तत्कालीन नगर कमिटी सचिव राजु कार्की, सदस्य रवि माझी र गोपाल थापा मगर रहेका छन् ।

त्यस्तै, लिखु तामाकोशी गाउँपालिका वडा नं. ५ मा विपक्षी पार्टीको उम्मेद्वार बनेका अम्बर बहादुर खड्का र प्रस्तावक समर्थकलाई निष्काशन गरिएको छ । मन्थली १३ का विदुर चौहान, महेन्द्र पुरी र प्रेम गिरीलाई जिम्मेवारीबाट निलम्बन गरि स्पष्टीकरण सोधिएको छ ।

वडा नं. १३ मै स्वतन्त्र उम्मेद्वार बनेका तत्कालिन जिल्ला सदस्य भगवती चौहान, सल्लाहकार सदस्य कृष्ण पौडेललाई निष्काशन गरिएको हो ।


 

सोमबार ९ श्रावण, २०७९



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट