श्रावण १६ काठमाडौं , नेकपा (एमाले)को महँगी विरूद्व आजको जनसभामा रामेछाप –काठमाडौं सम्पर्कले व्यापक सहभागीता जनाएको थियो ।

भृकुटीमण्डप देखि बसन्तपूर हुँदै शान्ति वाटिका पुगेको रामेछाप –काठमाडौं सम्पर्कको र्यालीलाई केन्द्रीय कमिटी सदस्य गिता कार्की ,केन्द्रीय सम्पर्क समन्वय कमिटी सदस्य मोहन केसी ,बागमती प्रदेश सम्पर्क कमिटीको सचिवालय सदस्य तथा रामेछाप –काठमाडौं सम्पर्क मञ्चको इन्चार्ज टेक बहादुर श्रेष्ठ ,सचिवालय सदस्य बद्री भण्डारी ,सम्पर्क मञ्चको अध्यक्ष राकेश श्रेष्ठ ,उपाध्यक्ष दिवस कार्की ,सचिव रविन्द्र भण्डारी ,उपसचिव अम्विका बोहोरा,कोषाध्यक्ष दिलिप श्रेष्ठ ,प्रचार विभाग प्रमुख रामचन्द्र केसी लगायत सम्पर्क मञ्चको अधिकाम्स सदस्यहरू पालीकाका इन्चार्ज ,सह इन्चार्ज,अध्यक्ष लगायत सदस्यहरू सहभागी भएको थियो ।

रामेछाप –काठमाडौं सम्पर्क मञ्चको सदस्य रामेछाप नगर सम्पर्क मञ्चको सह इन्चार्ज तथा यातायात विभाग प्रमुख खिल बहादुर श्रेष्ठले खाली सिलिन्डर भृकुटीमण्डप देखि काधमा बोकेर बसन्तपुर पुर्याएको दिर्शे र बसन्तपुरमा सम्पर्क मञ्चको निवर्तमान अध्यक्ष तथा वागमती प्रदेश सम्पर्क कमिटीको सचिवालय सदस्य बद्री भण्डारीले गाडी माथि चढेर उचालेको खाली सिलिन्डरको दिश्य अधिकामस मिडियाहरूको नजरमा परेको थियो ।


सोमबार १६ श्रावण, २०७९