श्रावण ३१ रामेछाप, नेकपा (एमाले) रामेछाप खाँडादेवी गाउँ पार्टीले प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आज प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
पार्टी अध्यक्ष पुष्करकुमार कार्र्कीको अध्यक्षता र नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा र जिल्ला इञ्चार्ज कैलाशप्रसाद ढुङ्गेलको प्रमुख आतिथ्ययतामा प्रशिक्षण कार्यक्रम आयोजना भएको हो ।
इञ्चर्ज ढुङ्गेलका साथै केन्द्रीय सदस्य माधव ढुङ्गेल, गीता कार्की, एमाले वाग्मती प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेल, वाग्मती प्रदेश कमिटी सदस्य प्रेमबहादुर तामाङ, प्रेमबहादुर खड्का, जिल्ला पार्टी अध्यक्ष आनन्दकुमार श्रेष्ठ, उपाध्यक्ष इन्द्रबहादुर तामाङ, उपसचिव प्रकाशकुमार कार्की, केशव प्रधान लगायतले प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो ।
पालिकाका निर्वाचित जनप्रतिनिधि, पार्र्टीका पदाधिकारी, सदस्य, वडा कमिटीका पदाधिकारी र सदस्यहरूको कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रमका वक्ताहरूले अबको ध्यान प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरूले पार्टी अभियानलाई सङ्गठित र व्यवस्थित ढङ्गले अगाडि बढाउन सबै नेता कार्यकर्ता लाग्नु पर्ने बताउनुभएको थियो ।
मंगलवार ३१ श्रावण, २०७९