भाद्र ८ रामेछाप, रामेछाप जिल्लाको गोकुलगंगाको एकामफेदीमा गएको पहिरोबाट पिडित भएका परिवारलाई नेकपा (एमाले)ले सहयोग गरेको छ ।
यहि २ गते गोकुलगंगाको एकामफेदीमा गएको पहिरोबाट पिडित परिवारलाई एमालेले गोकुलगंगा रामेछाप-काठमाडौँ सम्पर्क मञ्चले सहयोग गरेको हो । एमाले रामेछापको सचिव पुरुषोत्तम कँडरियाका अनुसार संकलन गरेको आर्थिक सहयोग आज पिडित परिवारलाई हस्तान्तरण गरिएको उनले बताए ।
सम्पर्क मञ्चका अध्यक्ष प्रकाश कार्की सहितले बागमती प्रदेश सांसद शान्तिप्रसाद पौडेल, बागमती प्रदेश कमिटी सदस्य खड्ग सुनुवार र एमाले रामेछापका अध्यक्ष आनन्द कुमार श्रेष्ठको उपस्थितीमा संकलित आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।
सम्पर्क मञ्चले १ लाख १ हजार ५२५ रुपैयाँ आर्थिक सहयोग संकलन गरेको थियो ।
बुधबार ८ भाद्र, २०७९