बुधबार ३१ भाद्र, २०८३ (Wednesday September 16, 2026)

घाँस काटन जाँदा अरिङगालले टोकेर ७५ बर्षिय मगरको मृत्यु


घाँस काटन जाँदा अरिङगालले टोकेर ७५ बर्षिय मगरको मृत्यु

सुनौलो रामेछाप


भदौ ११ रामेछाप, रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ कल्लेरीमा बारीमा घाँस काटन जाने क्रममा अरिङ्गगालले टोकेर एक जनाको मृत्यु भएको छ । 
हिजो साँझ परिसक्दा पनि घर नआएपछि खोजी गर्ने क्रममा बारीमा अरिङ्गालले टोकेर बेहोस अवस्थामा परिवारका सदस्यले फेला पारेर उपचारको लागि अस्पताल लैजाने क्रममा कल्लेरीका मृत्यु भएको हो ।
 जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थलबाट धोवी अस्पतालमा उपचार हुन नसकेपछि राती थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमा नै टेक बहादुर सिंगाजी मगरको निधन भएको हो । अरिङ्गलले मृतक मगरको सबै भागमा टोकेको कारण मृत्यु भएको प्रहरीले बताएको छ ।

शनिबार ११ भाद्र, २०७९



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट