आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

नगरपालिका प्रमुख स्वकीय सचिवको खाना सर्केर मृत्यु


नगरपालिका प्रमुख स्वकीय सचिवको खाना सर्केर मृत्यु

सुनौलो रामेछाप


 फागुन ५ मन्थली, रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको छ । नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको रामेछाप जिल्ला अस्पतालका डा.केशव श्रेष्ठले बताएका छन् ।

नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको वडा नं ७  सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा आज वनभोज आयोजना गरेका थिए  । खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो । खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि निजलाई जिल्ला अस्पताल पुर्याइएको थियो ।

पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलााई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा उहाँको मृत्यु भएको हो ।   

शनिबार ५ फाल्गुन, २०८०



मतहरू

Dean

Malakai Odonnell

avionce

avionce asheshov

daltyn

daltyn budriunas

Adysyn

Adysyn Miska


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट