आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

एमाले रामेछाप–काठमाडौं प्रदेश सभा क्षेत्रीय सम्पर्क मञ्चको दशौं सम्मेलन काठमाडौंमा सम्पन्न


एमाले रामेछाप–काठमाडौं प्रदेश सभा क्षेत्रीय सम्पर्क मञ्चको दशौं सम्मेलन काठमाडौंमा सम्पन्न

सुनौलो रामेछाप


भदौ २६ काठमाडौं, नेकपा (एमाले) रामेछाप–काठमाडौं प्रदेश सभा क्षेत्रीय सम्पर्क मञ्च क र ख को दशौं सम्मेलन हिजो काठमाडौंमा सम्पन्न भएको छ ।

 पार्टी केन्द्रीय सम्पर्क समन्वय कमिटी संयोजक श्यामकुमार बस्नेतको प्रमुख आतिथ्ययतामा तथा क्षेत्रबहादुर मगरको अध्यक्षता कार्यक्रम सम्पन्न भएको रामेछाप–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष राकेश श्रेष्ठले बताए ।

सम्पर्क मञ्च प्रदेश सभा क्षेत्र (क) तर्फ उद्धवकुमार कार्कीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ भने उपाध्यक्षमा कुमार श्रेष्ठ र एञ्जिला सुनुवार सर्वसम्मत निर्वाचित हुनुभएको छ । 
प्रदेश सभा (ख) को अध्यक्षमा विशाल श्रेष्ठ, उपाध्यक्ष फूलमाया लामा र गोमा श्रेष्ठ निर्वाचित हुनुभएको छ । सचिवमा प्रमोद भण्डारी, उपसचिवमा रोहित अधिकारी र अम्बिका बुढाथोकी पाण्डे तथा कोषाध्यक्ष मोहन पाण्डे छानिनु भएको छ ।  

समन्वय कमिटी नेता सरिता दाहाल, रामप्रसाद रिमाल, मोहन केसी, लक्ष्मी न्यौपाने, प्रदेश कमिटी सदस्यहरू रामकृष्ण लामा, केसर बुढाथोकी, टंक चौलागाईं, उद्धवप्रसाद कडरिया राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष, कृष्णहरि केसी, प्रदेश सम्पर्क वाग्मती अध्यक्ष अशोक ठकुरी लगायतका नेताहरूको कार्यक्रममा सहभागिता रहेको थियो ।
 

आईतवार २६ भाद्र, २०७९



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट