आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

विचार, विधि र पद्धति बिनाको गठबन्धनलाई पराजित गर्छौँ : मिलनकुमार घिसिङ


विचार, विधि र पद्धति बिनाको गठबन्धनलाई पराजित गर्छौँ : मिलनकुमार घिसिङ

सुनौलो रामेछाप


असोज २६ काठमाडौं, नेकपा (एमाले) रामेछापको तर्फबाट आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा ख का उम्मेदवार रहेका मिलनकुमार घिसिङले सामाजिक क्षेत्रबाट सुरु गरेको कामलाई राजनीतिक क्षेत्रमा आएर पूरा गर्न चाहेको बताएका छन् । 

 दुई दशक भन्दा बढी सामाजिक अभियानमा क्रियाशील रहेका घिसिङलाई एमालेले यस पटक प्रदेशसभाको उम्मेदवार बनाएको हो । जिल्लाको प्रदेश ख का घर घरमा पुग्नुभएका घिसिङ सो क्षेत्रका प्रिय सामाजिक अभियन्ताका रूपमा परिचित छन् । 

गठबन्धनलाई परिजित गरी चुनाव जित्न सकिन्छ भन्ने हिम्मतका साथ आफू चुनावी मैदानमा आएको घिसिङले बताउनुभयो । ‘गठबन्धनलाई पराजित गर्छौँ, सूर्य ध्वजावाहक झण्डा फहराउँछौँ’, घिसिङले भन्नुभयो ।  

अहिलेको गठबन्धन विचार, विधि र पद्धति बिनाको गठबन्धन भएकोले त्यसलाई सहजै पराजय गर्न सकिने घिसिङले बताए । यसका लागि पार्टीका नेता कार्यकर्ता एक जुट भएर अघि बढ्न आवश्यक रहेको बताए । ‘हामी एकताबद्ध भएर गयौँ भने कसैले हराउन सक्दैन, एमालेका नेता कार्यकर्तामा देखिएको उत्साह र एकताले हामीलाई थप हौसला प्रदान गरेको छ’, घिसिङले भन्नुभयो । 

बुधबार २६ आश्विन, २०७९



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट