माघ १२, रामेछाप । नेपाल विद्युत प्राधिरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो जन्मभूमि सुनापती गाउँपालिका–४ बेथानस्थित डहुमा हिजो भएको आर्युर्वेद अस्पतालको उदघाटन गर्दै कर्मचारीहरुले सेवा प्रवाह गर्दा नागरिहरुलाई केन्द्रमा राखेर गर्नुपर्ने बताए ।
आफ्नै उदाहरण दिँदै घिसिङले भने,‘विद्युत प्राधिकरणमा धेरै प्रमुख फेरिए, मैले जिम्मेवारी सम्हालेपछि जनतालाई केन्द्रमा राखेर काम गरे, यो मैले मात्र नभई सिंगो प्राधिकरणको टिमले काम गरेको परिणाम थियो ।’ विद्युत प्राधिकरणलाई सफल बनाउन कर्मचारीले ठूलो भूमिका खेलेको स्मरण गर्दै उनले भने कर्मचारीले जनताको मन जित्ने गरी काम गर्नुपर्छ ।
उनले भने काठमार्डौ लगायतका शहरबाट गाउँमा फलफुल आयत गर्नेतिर भन्दा पनि अब गाउँबाट शहरतर्फ कृषिजन्य वस्तु निर्यात गर्ने कार्यक्रम सुरु गर्नुपर्छ ।
गाउँलाई स्थानीय उत्पादनले मात्र समृद्ध बनाउन सक्ने बताउँदै घिसिङले स्थानीय सरकारले आगामी दिनमा बजेट निर्माण गर्दा ती कुरामा ध्यान दिन जोड दिएका छन् ।
सोमबार १२ माघ, २०७७