कार्तिक १२ काठमाडौं, नेकपा (एमाले)का केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलले एमालेलाई नै किन भोट हाल्नुपर्न भन्ने कुरा मतदातालाई भनिरहनु नपर्ने बताएका छन् ।
एमालेले आज(शनिबार) दोरम्बा शैलुङ गाउँपालिकाको गौश्वारामा आयोजना गरेको चुनावी भेटघाट तथा कोण सभा कार्यक्रममा ढुङ्गेलले बोल्दै देश, लोकतन्त्र, विकास र समृद्धिको लागि एमालेलाई मतदान गर्न आवश्यक रहेको बताएका छन् । ‘देशको विकास, व्यवस्थाको रक्षा, समृद्धि र सामाजिक सुरक्षाको लागि सूर्य चिन्हमा भोट हाल्न आवश्यक रहेको बताए’।
नेपालकै माटोमा सुख, शान्ति र समृद्धि खोज्नु पर्ने बताउँदै ढुङ्गेलले त्यो दिन काम एमालेले मात्र गर्न सक्ने बताउनुभयो । त्यसको सुरुवात एमालेले गरेको उहाँले प्रष्ट पार्नुभयो । ‘सडकमा, बत्तीमा, खाने पानीमा, शिक्षामा, स्वास्थ्यमा, विकास, पूर्वाधारमा एमालेको अनुहार देखिन्छ’, उहाँले भन्नुभयो ।
ज्येष्ठ नागरिकहरुले आशिरवाद दिएको बताउँदै उहाँहरूको ५ हजार रुपैँया सामाजिक सुरक्षा भत्ता बुझ्ने इच्छा एमालेले पूरा गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले एमालेका उम्मेदवार एमालेका मात्र होइन लोकतन्त्र, शान्ति र समृद्धि चाहने सबै पार्टीका मतदाताका उम्मेदवार भएको प्रष्ट पार्नुभयो । ढुङ्गेलका अनुसार ‘सूर्य चिन्ह सबै नेपालीको साझा चिन्ह रहेको बताए’ ।
हिजो के भयो कसो भयो भन्ने कुरा छाडेर देश बनाउने अभियानको लागि एमालेलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो । उम्मेदवार प्रतिनिधि पात्र मात्र भएको बताउँदै सबै नेपाली जनता एमालेका उम्मेदवार र नेता भएका उहाँले प्रष्ट पार्नुभयो ।
शनिबार १२ कार्तिक, २०७९