पुस १० काठमाडौं ,गोठगाउँ सरोकार समाजको चौंथो स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्नुको साथै सरोकार समाज भन्दा बाहिर रहेर पनि सरोकार समाजलाई विभिन्न माध्यमबाट सहयोग पुर्याउनु हुने संस्था तथा व्यक्तिहरूलाई सम्मान समेत गरेको थियो ।

सरोकार समाजले बिरामी हरूको लागि ब्लडको व्यवस्थापन गरिदिन सहजीकरण गरि सरोकार समाजलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा महत्त्वपूर्ण सहयोग गर्नुहुने ब्लड डोनर्स एसोसिएशन नेपाल (ब्लोदान)का केन्द्रीय सदस्य ठाकुरदास श्रेष्ठ ,ब्लोदान काठमाडौं जिल्ला शाखाका अध्यक्ष जनक कुमार खड्का ,सरोकार समाजको हरेक रक्तदान कार्यक्रममा सहकार्य गरि कार्यक्रम सफल पार्न महत्त्वपूर्ण भुमिका निभाउनु भएको संस्था ब्लड डोनर्स एसोसिएशन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला शाखा,प्रविधिक सहयोग गर्नुहुने कान्तिपुर अस्पताल रक्त सञ्चार सेवा,सरोकार समाजको हरेक कार्यक्रमलाई प्रचारप्रसार गरि सहयोग गर्ने मिडिया अर्थ सवाल साप्ताहिक र २०७९ मंसिर चार गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा रामेछाप न.पा.१ गोठगाउँ मतदाता केन्द्रमा मतदाताहरूलाई सरोकार समाज द्वारा निशुल्क बोतलको पानी सहयोग गरि संस्थाको कार्यक्रम सफल पार्न महत्वपूर्ण योगदान पुर्याउनु भएकोले उपत्यका बोतल तथा जारपानी बिक्रेता संघका अध्यक्ष ,पि.एस.के.इन्जरप्राइजेजका संचालक तथा समाजसेवी राजेन्द्र अधिकारी लाई सम्मान गरेको थियो।

का.म.न.पा.४ धुम्बाराहि शंखपार्कमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा एक सय भन्दा धेरैको संख्यामा उपस्थिति रहेता पनि आठाईस जनाले मात्रै रक्तदान कार्यमा आफ्नो रगत दान गर्न सफल भएको थियो ।



आईतवार १० पुष, २०७९