फागुन १९ रामेछाप, नेकपा (एमाले) रामेछापले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछाप नगरपालिकामा मिसन ग्रसारुट अन्तर्गतको पार्टी सुदृढीकरण तथा विस्तार अभियान हिजोबाट सुरु गरेको छ ।

पार्टी नगर कमिटीका अध्यक्ष रोशन पाख्रिनको अध्यक्षता तथा नेकपा एमालेका सचिव गोकर्ण विष्टको प्रमुख आतिथ्यतामा अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रम आयोजना गरी अभियानको सुरु गरिएको हो ।

कार्यक्रममा बोल्दै एमाले सचिव विष्टले नेपाल राजनीतिक र आर्थिक हिसाबले निक्कै जटिल मोडमा रहेको बताउनुभएको छ । अहिले नेपाल सधैँ अरूको निर्भरतामा रहोस् भन्ने चाहना राख्नेहरू बलशाली भएका उहाँले बताउनुभयो । नगर कमिटी अध्यक्ष रोशन पाख्रिनले नगरपालिकाको सबै वडामा वडा कमिटी बैठक राखी बस्ती स्तरसम्म पुग्ने बताउनुभयो ।
शनिबार २० फाल्गुन, २०७९